धमाका संवाददाता
दैलेख २६ ,साउन
परिक्षामा चिट चोराउन नदिएको भन्दै दुई बर्ष अघि कुसापानीका विद्यार्थी र अभिभावकहरुले प्रहरी चौकीमा आक्रमण गरे । परिक्षा मर्यादित बनाउन हिडेका सिडियो र जिल्ला शिक्षा अधिकारीको गाडी समेत तोडफोड भयो ।
कतिपय पूर्वी क्षेत्रका दुर्गम परिक्षा केन्द्रहरुमा कालो पाटीमा उत्तर लेखेरै कतिपय परिक्षा सम्पन्न गरिएका खबरहरु पनि आए । गतबर्ष गैडावाजमा भएको परिक्षामा हुल हुज्जत गरेको भन्दै दर्जन भन्दा बढी मानिसहरुलाई प्रहरीले पक्रेर ल्यायो ।
एउटा विद्यार्थी परिक्षा दिनुपर्ने भएपछि उसलाई चिट लेख्ने १ जना, चिट ओसार पसार गर्ने एक जना, फोटोकपी गर्ने एकजना, अन्य सहयोगी दुईजना गरेर १ परिक्षार्थीको पछाडी पाँचदेखी ६ जना मानिसहरुको ताँती लाग्ने गर्दथ्र्यो ।
प्रहरीले र जिशिकाले अलि जिम्मेवार बन्न खोजे ढुंगामुडा गर्ने विगतको प्रचलन यसबर्षको एसएलसी परिक्षामा भने निकै कमी आयो र परिक्षा पनि मर्यादित बन्यो त्यसैले जिल्लाभरको परिक्षामा जम्मा ११ प्रतिशत विद्यार्थी मात्र उर्तिण भए । जिल्लामा हाल संचालनमा आएका ४८ वटा उच्च माविहरु बन्द हुने अवस्थामा छन् । किनकी विद्यार्थीहरु नै नभएपछि कसरी उच्च मावि संचालनमा ल्याउने एक जना शिक्षकले भने हाल जिल्लाभर क्याम्पस पढ्ने जम्मा जम्मि विद्यार्थीहरु पाँच सयको हाराहारीमा रहेका छन् ।
पुरक परिक्षा पनि यसवर्ष अनौठो पहिलो दिन अंग्रेजी विषयको परिक्षामा नारायण क्याम्पस परिक्षा केन्द्रमा ०६८ सालको पूरक परिक्षाको प्रश्नपत्र बाँडिएपछि नेपालमै अहिलेसम्म नभएको घटना पुनः दैलेखमै घटेको छ त्यो पनि एसएलसी परिक्षाकै बेला । तर जिल्ला शिक्षा कार्यालयका प्रमुख अम्बिका आचार्यले भने चारदिनपछि पत्रकार सम्मेलन गर्दै मानबीय त्रुटि भएको स्वीकार गरे ।
नारायण क्याम्पस परिक्षा केन्द्रका केन्द्र्राअध्यक्ष लिलाराम सिजापतीले कसैले नियतबस आफुलाई फसाउन खोजेकाले त्यसको अनुसंन्धान तत्काल थाल्नुपर्ने बताउँदै आफ्नो कुनै गल्ति नभएपनि नैतिकताका आधारमा राजीनामा दिएको बताए । नैतिक जिम्मेवारी लिने प्रचलनको पनि सुरुवात होस भन्ने चाहना हो, मेरो कुनै गल्ति छैन् ।
आफुलाई परिक्षा नियन्त्रण कार्यालयले ख केन्द्रको केन्द्राअध्यक्ष भनि तोकिएको भएपनि जबरजस्ती ग परिक्षा केन्द्रमा पठाएको उनको आरोप छ ।
परिक्षाको मर्यादा उलंघन गर्नेलाई शिक्षा ऐन तथा नियमावलीमा ६ महिना कैद १ लाख जरिवाना तोकीएको छ । तरपनि दैलेखमा अँझै बाहिरवाट सवै प्रश्नको उत्तर लेखेर मुल कपिनै भित्र पठाउने प्रचलन यदाकदा देखिन्छ ।
पछिल्लो बर्ष परिक्षा लाई निकै मर्यादित बनाउने नाममा पुन अन्य नयाँ घटनाहरु पनि सुनिएका छन् । जिल्ला शिक्षा अधिकारी अम्बीका प्रसाद आर्चायकी श्रीमती समेत जिल्लामा आएर आफ्नो संघ बाहेक अरुलाई परिक्षा संचालन गर्न नराख्ने भनि शिक्षक संघलाई प्रशिक्षण दिएको स्रोतले बतायो । त्यस्तै परिक्षा संचालन गर्दा सुरक्षा प्रदान गर्ने प्रहरी र अन्य निकायले समेत बिथर्थीलाई आफुखुसी निश्कासित गर्ने, शिक्षा कार्यालयका गाडि चालकले समेत बिद्यार्थीलाई निश्काषित गरे , परिक्षा मर्यादित बनाउने बहानामा बिद्यार्थीको मनोबल गिराउने तरीकाले परिक्षा संचालन गरेको प्रती जिल्ला बासी आक्रोसित भएका छन् । उनीहरुले बिद्यार्थीलाई आफुखुसी निश्काषीत गर्ने गरेपछि बिद्यार्थीहरुको मनोवल घटेको भन्ने आरोप समेत शिक्षा कार्यालयलाई लागेको छ । आगामी दिनहरुमा यस्ता कुराहरु सच्चाउनुपर्ने देखिन्छ ।









